Breaking News

धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको कोरोना संक्रमणका कारण निधन

२१ जेठ, काठमाडौं । पछिल्लो चरणमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा धेरै जनाको मृत्यु भएको छ । यसै क्रममा धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । उनको ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएको हो ।

५५ वर्षीय पौडेलको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।