Breaking News

प्रेस काउन्सिल नेपालको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त

काठमाडौ, २० जेठ । आज सांझ बेलुका पख  प्रेस काउन्सिल नेपालको अध्यक्षमा सरकारले बालकृष्ण बस्नेतलाई नियुक्त गरेको छ । साँझ बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई ४ वर्षका लागि काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो ।

दोलखाका बस्नेत लामो समय कान्तिपुर दैनिकमा आवद्ध थिए भने पछिल्लो समय आफैंले खुलानेपाल अनलाइन संचालन गर्दै आएका छन् ।

पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य बस्नेत हालै सम्पन्न निर्वाचनमा महासचिव पदमा पराजित भएका थिए ।

बस्नेत नेपाल टेलिभिजन संचालक समितिको सदस्य समेत रहेका छन् ।