उपत्यकाको जारी निषेधाज्ञा थप १० दिन लम्ब्याउने तयारी केही सहज बनाउने

१९ जेठ, काठमाडौं । बैशाख १६ गतेबाट लागू गरिएको काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा थप १० दिन लम्ब्याउने तयारी थालिएको छ । हिजो मंगलबार अपराह्न बसेको उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुका बैठकले जारी निषेधाज्ञाका कारण कोरोना संक्रमणदर कम हुँदै गएकोले थप १० दिने लम्ब्याउनेबारे छलफल भएको छ । साथै केही क्षेत्रहरुलाई सहज बनाउन आंशिक रुपमा खुला गर्ने तयारी थालिएको छ ।

खाद्यान्न, किराना पसल, खाद्यान्न मात्र बिक्री गर्ने डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिनेबारे छलफल भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले रातोपाटीलाई जानकारी दिए । बैठकमा छलफल मात्रै भएको तर त्यस बारेमा आज मात्र निर्णय गरिने बताइएको छ ।