उपत्यकामा १,५५८ जनामा कोरोना संक्रमण पुष्टि

१८ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १०६० जना, भक्तपुरमा २१५ जना र ललितपुरमा २८३ जना कोरोना संक्रमण पुष्टि भएको हो ।