कोरोना संक्रमणबाट थप ६८ जनाको मृत्यु, ६०८५ जनामा संक्रमण पुष्टि

१८ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ६८ जनाको मृत्यु भएको छ, ६०८५ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणमुक्त हुनेको संख्या ६८९८ रहेको छ ।