बालिका बलात्कारमा एक युवक पक्राउ

झापा । एक ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बालिका बलात्कार गरेको आरोपमा भद्रपुर नगरपालिका–१ हिमाली चोक बस्ने पारस सिवालाई आज प्रहरीले पक्राउ गरेको हो । पारसले ती बालिकालाई खेल्ने क्रममा डर धम्की दिई चैत ११ गते जबरजस्ती करणी गरेको प्रहरीको आरोप छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।