विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापालाई भेन्टिलेटरबाट निकालियो

१८ जेठ,काठमाडौं । ववेकशील साझा पार्टीका नेता उज्ज्वल थापालाई भेन्टिलेटरबाट निकालिएको छ ।

यद्यपि,अस्पतालले उनको अवस्थाबारे आधिकारिक जानकारी दिइसकेको छैन । विवेकशील साझा पार्टीका सञ्चार विभाग सदस्य उद्धवराज भेटुवालले थापालाई मेडिसिटी अस्पतालको भेन्टिलेटरबाट निकालिएको बताए ।

कोरोना संक्रमणपछि उनको सुरुमा ह्याम्स र ग्राण्डी अस्पतालमा उपचार भएको थियो भने पछिल्लो दिनमा गम्भीर अवस्थामा मेडिसिटीमा उपचार भइरहेको थियो ।