Breaking News

चीनले अनुदानमा दिएको ८ लाख डोज खोप काठमाडौं आइपुग्यो

१८ जेठ, काठमाडौं । चीनले अनुदानमा दिएकोमध्ये ८ लाख डोज खोप आज काठमाडौं आइपुगेको छ ।

आज नेपाल एयरलाइन्सको विमानले ८ लाख डोज खोप त्रिभुवन विमानस्थलमा ल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग अघिल्लो हप्ता भएको कुराकानीमा चीनका राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए ।