सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढयो

१८ जेठ, काठमाडौं । सुनको भाउ तोलामा ९४ हजार पाँच सय रुपैयाँ पुगेको छ । आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेपछि उक्त मूल्य कामय भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ ।

आजका लागि तेजाबवी सुनको भाउ ९४ हजार रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको कारोबार ९३ हजार सात सय रुपैयाँमा भएको थियो । यस्तै आजका लागि चाँदीको एक हजार ३७० रुपैयाँ पुगेको छ । जुन प्रतितोला हिजो भन्दा १० रुपैयाँले बढी भएको छ ।