कालो कोटमा होइन कालो सोचमा समस्या छ प्रधानमन्त्रीज्यू

बिश्वप्रकाश शर्मा

१८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो आफ्नो भातृ संगठन युवा संघको भेलालाई भर्चुअल बैठकको माध्यमबाट सम्बोधन गर्ने क्रममा ओलीले न्यायाधीशमाथि गरेको टिप्पणीको खिलापमा प्रतिउत्तर सामाजिक संजाल ट्वीटरबाट दिने क्रममा काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले समस्या कालो कोटमाभन्दा कालो सोचमा रहेको जवाफ दिएका हुन् ।

हिजो सम्बोधनको क्रममा ओलीले कालो कोटधारी केही व्यक्तिले अदालतलाई कुन हैसियतमा पु¥याउँदैछन् भन्ने टिप्पणी गरेका थिए ।

प्रधानमन्त्री ओलीले, संसद विघटनविरुद्धको मुद्दा न्यायिक निरुपणका लागि गठित संवैधानिक इजलासमा रहेका न्यायाधीशबारे निष्पक्षतामा प्रश्न उठिरहेका छ । प्रतिनिधिसभा विघटनको मुद्दा हेरिरहेको संवैधानिक इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि प्रश्न उठाएकोमा ओलीले आपत्ति जनाएका छन् ।

प्रधानमन्त्रीको सो अभिव्यक्तिको बारे शर्माले टिप्पणी गर्दै ट्वीटरमा लेखेका छन्, ‘कालो कोटमा होइन कालो सोचमा समस्या छ प्रधानमन्त्रीज्यू । व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध शासकको भावनात्मक उत्तेजना सदैव निन्दनीय
हुन्छ ।’ संयुक्त वक्तव्य जारी गर्ने पूर्वप्रधानन्यायाधीशहरुलाई वर्तमान न्यायालयका कामकारबाहीमाथि हस्तक्षेपकारी ताण्डव गर्ने सडकमा भन्दै प्रधानमन्त्री ओलीले प्रश्न गरेका थिए । काँग्रेस प्रवक्ता शर्माले प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति ओलीलाई आग्रह गरेका छन् ।

अरू बोले अराजक अभिव्यक्ति, आफू बोले अभिव्यक्ति स्वतन्त्रता ? विवेक बोल्ने पूर्वप्रधानन्यायाधीशहरू आउटडेटेड अनि आफ्नो आइटडेटेड राजनीतिक दर्शन चैँ दिब्यज्ञान ? प्रधानमन्त्रीज्यू, व्यक्तिको पहिचान अभिव्यक्तिमा हुन्छ । देशको प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति रौकौं, अब ।