सरकार खुराफातमा मस्त हुने सेरेमोनियल रापलाई चाहिँ भिख माग्न लगाउने ?

डा. बाबुराम भट्टराई

१८ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार खुराफातमा मस्त भएर सेरेमोनियल राष्ट्रपतिलाई भिख माग्न लगाएको टिप्पणी गरेका छन् ।

भट्टराईले आज बिहान सामाजिक संजालबाट ट्विट गर्दै भनेका छन्, नेपाल जस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रुस र चीन दुवैबाट खोप लिएर सबैलाई पु¥याइसक्दा हामी किन कुइराको काग जस्तो भएको भन्दै प्रश्नसमेत गरेका छन् ।

कोरोनाविरुद्धको खोप सबैलाई छिटो उपलब्ध गराउनु राज्यको प्रमुख दायित्व हो । हामीजस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रुस र चीन दुवैबाट लिएर सबैलाई पु¥याइसक्दा हामी किन कुइराको काग जस्तो ? सरकार खुराफातमा मस्त हुने सेरेमोनियल रापलाई चाहिँ भिख माग्न लगाउने ? खै लज्जाशरणम ?’