उपत्यकामा १ हजार २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि

१७ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ८९० जना, भक्तपुरमा १२१ जना र ललितपुरमा २५२ जना कोरोना संक्रमित पुष्टि भएको हो ।