नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११४ जनाको मृत्यु, ४७६२ जनामा संक्रमण पुष्टि

१७ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर र २४२५ एन्टिजेन परीक्षणमा ४७६२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमणका कारण ११४ जनाको मृत्यु भएको छ भने ६ हजार ४९१ जना संक्रमणमुक्त भएका छन् ।