एउटा चुनाव जितित्छ कि हारिन्छ भनेर होइन, भोट आकर्षित गर्ने घटिया काम पनि गर्दैनौं’

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली

१७ जेठ, काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीसम्वद्ध युवा संघको भर्चुअल बैठकलाई सम्बोधन गर्दै, चुनावका लागि भनेर सरकारले पपुलिस्ट काम नगर्ने दाबी गरेका छन् ।

मध्यावधि निर्वाचन प्रभावित गर्ने गरी लोक रिझाउने बजेट ल्याएको भन्दै विपक्षी दलहरुले आलोचना गरिरहेका बेला प्रधानमन्त्री ओलीले भने त्यसको खण्डन गरेका छन् । ‘जनताको सेवा होइन, भोट आकर्षित गर्ने घटिया काम गर्दैनौं’ त्यस्ता घटिया काम सरकारले गर्दैन ।

कुन पार्टीले जित्छ कि जित्दैन भन्ने सरकारको प्राथमिकता नभएको उनले बताए । प्रधानमन्त्री ओलीले अघि भने, ‘एउटा चुनाव जितित्छ कि हारिन्छ भनेर होइन लोकतन्त्र जित्छ र हार्छ भनेर हेर्छ । लोकतन्त्र जिताउन चाहन्छौं ।