Breaking News

पचालझरना गाउँपालिकालाई रेडक्रसद्धारा कोरोना पूर्व तयारीका सामान हस्तान्तरण तथा समितिद्धारा महत्वपूर्ण निर्णय पारित

२७ चैत्र, पचालझरना, जारकोट, कालिकोट ।
कोरोना भाइरसबाट विश्वभरी महाकारीको त्रास लिइरहेको बेला नेपाल पनि विगत १७ दिनदेखि लकडाउनकै अवस्थामा कर्णाली प्रदेशको कालिकोट जिल्लाको पचालझरना गाउँपालिकालाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धी स्वास्थ्य सामग्री रेडक्रस नेपाल नेपालगंञ्ज र कालिकोट शाखाले संयुक्तरुपमा पालिकालाई बिपद पुर्व तयारीका सरसामान हस्तान्त्रण गरेको जानकारी हामीलाई पालिका प्रवक्ता अरुण रोकायाले बताउनु भएको छ ।
रेडक्रस कालिकोट शाखाका कार्यालय अधिकृत शैलेस श्रेष्ठले सामान गाउँपालिका मै लिएर गाउँपालिका अध्यक्ष एवं गाउँपालिका बिपद पुर्वतयारी समितिका अध्यक्ष खड्गराज सेजुवाललाई हस्तान्त्रण गर्नु भएको हो । जस अन्तर्गत सामाग्रीहरुमा गाउँपालिकालाई पच्चिस सय हातधुने साबुन पिस, ६ थान पिपिआर सेट, ६ थान सेनेटराईज, १६५ थान पन्जा र ११० थान मास्क हस्तान्त्रण गरिएको जानकारी पचालझरना गाउँपालिका का प्रबक्ता एव वडा नं ४ का अध्यक्ष अनरूप रोकायाले कदरलाई बताउनु भयो । २५ थान फल्यास बोर्ड र ५ थान पानि भर्ने ड्रम पनि गाउँपालिका लाई उपलब्ध गराएको हो । यसै बिच आजै पालिका बिपद उद्वार तथा पुर्व तयारी समितिको बैठक पनि बसेको थियो । पालिका बिपद पुर्व तयारी समितिका तथा कोरोना रोकथाम तथा नियन्त्रण समितिका अध्यक्ष खड्गराज सेजुवालको अध्यक्षतामा बैठक बसि बिभिन्न निर्णय गरेको प्रबक्ता अरुण रोकायाले हामीलाई जानकारी दिनु भएको छ । जानकारी अनुसार लकडाउन लम्बिएमा पालिकामा रहेर ब्यवस्थापन गर्नु परे स्थानीय स्तरमै खरिदबिक्रि गरि नागिरकका समस्या टार्ने, आयात र नियार्तको गंम्भिर अनुगमन गरि ब्यवस्थापनलाई कडाई गर्ने निर्णय गरिएको पनि छ ।

समितिले गरेका निर्णयअनुसार :
गउपालिकामा स्थानीयस्तरमा उत्पादित खाद्ययन्न सबै वडामा स्थानीय दररेटअनुसार खरिद गरी गाउलिकामा विपन्न, असक्त, असाहय, गुठी र बिद्धाआश्रममा बस्ने लाई राहत दिने ।

देशमा जारी लकडाउनलाई गाउँपालिकामा प्रभावकारी गर्दै स्वास्थ्य स्वयमसेवक गठन गरी कोरोना भाइरस रोकथाम को लागी लकडाउन लाई व्यवस्थित गर्ने ।

गाउँपालिकाका प्रत्येक बिद्यालय र स्वास्थ्य संस्थामा रहेका क्वारेन्टाइनलाई मर्जरगरी सरस्वती मा.वि. सिकु मा ५ बेड, कालिका आ.वि. कोटिलामा ४ बेड र स्वास्थ्य चौकी नानीकोटामा ५ बेड र स्वास्थ्य चौकी राम्नाकोटमा ७ बेड को व्यवस्थित एकान्तबास क्वारेन्टाइन बनाउने,

आधारभूत स्वास्थ्य सरसफाई कार्यालय माताहतका सम्पूर्ण कार्यालयहरुमा इमरजेज्सी सेवा र जनरल ओपीडी सेवा २ जना स्वास्थ्य कर्मी राख्ने र अरुलाई वडास्तरको टोलमा प्रत्येक दिन खटाउन लगाई जानकारी दिन लगाउने,

गाउँपालिकाको प्रत्येक वडामा बैदेशिक रोजगार र पालिका बाहिर रहेका व्यक्तिहरुको लागत संकलन गरी अप्ठारोमा रहेका व्यक्तिलाई तत्काल उद्धार गर्ने,

पालिकाको लागि नेपाल रेडक्रमस सोसाईटी ऋभ्ज्ए नेपालगंञ्जद्धारा उपलब्ध स्वास्थ्य सामाग्री तथा अन्य स्वस्थ्य उपकरण नेपाल रेडक्रस सोसाईटी कालिकोट शाखाबाट गाउँपालिका कोरोना विपत तथा रोकथाम समितिलाई हस्तान्तरण गरिएको सामाग्री ग्रहण गरी कार्यान्वयनमा ल्याउने जस्ता महत्वपूर्ण निर्णय भएको जानकारी पालिका प्रवक्ता तथा ४ वडा अध्यक्ष अरुण रोकायाले कदर न्युजलाई बताउनु भएको छ ।

हातधुने साबुन पिस, ६ थान पिपिआर सेट, ६ थान सेनेटराईज, १६५ थान पन्जा र ११० थान मास्क हस्तान्त्रण गरिएको जानकारी पचालझरना गाउँपालिका का प्रबक्ता एव वडा नं ४ का अध्यक्ष अनरूप रोकायाले कदरलाई बताउनु भयो । २५ थान फल्यास बोर्ड र ५ थान पानि भर्ने ड्रम पनि गाउँपालिका लाई उपलब्ध गराएको हो ।

लेखक : कदर समाचार