देउवाको निवास बुढानीलकण्ठमा विपक्षी नेताहरुको बैठक जारी

१६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा विपक्षी गठबन्धनका नेताहरुको बैठक जारी छ ।

सरकारविरुद्धको रणनीतिबारे छलफल गर्न नेताहरु भेला भएको देउवा निकट स्रोतले जानकारी गराएको छ ।

बैठकमा कांग्रेसको तर्फबाट देउवा र रामचन्द्र पौडेल, माओवादी अध्यक्ष प्रचण्ड, एमाले नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायतका नेताहरु सहभागी रहेका छन् ।