संवैधानिक इजलासमा संसद विघटनविरुद्धका रिटमाथि सुनुवाइ सुरु

१६ जेठ, काठमाडौं । संसद विघटनविरुद्धका रिटमाथि आज आइतबारको सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो ।

अधिवक्ताहरुले संवैधानिक इजलासमा राखिएका न्यायाधीश बमकुमार श्रेष्ठबारे प्रश्न उठाउने तयारी गरेका छन् ।

न्यायाधीश श्रेष्ठ तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताउने २३ फागुनको फैसला गर्ने दुई न्यायाधीशमध्ये एक हुन् ।

शुक्रबार पहिलो दिनको सुनुवाइको बेलामै अधिवक्ता गोविन्द बन्दीले न्यायाधीश श्रेष्ठले इजलास छोड्नुपर्ने आवाज उठाएका थिए ।