नीजि सवारी साधन चलाउन र बाहिर जान पाइने छैनन्, सरकारले आफै व्यवस्था मिलाएर लैजाने

२७ चैत, काठमाडौं । सरकारले आजै मात्रै गरेको निर्णय अनुसार भोली चैत २८ गते र पर्सि २९ गते उपत्यकाबाट घर जान चाहने मानिसहरुका लागि आफै लैजाने निर्णय गरेको छ । तर निजी सवारी चलाउन र चलाएर बाहिरर जान भने पाइने छैन् । सरकारले नै निश्चित मापदण्ड बनाएर सार्वजनिक सवारी साधनमा घर जाने व्यवस्था मिलाउनेछ । त्यसका लागि कोरोना संक्रमण रोक्ने गरि दुरी व्यवस्थापन गरिनेछ । त्यस्तै, सरकारले उपत्यका बाहिरबाट उपत्यका छिर्न पाइनेछैन् । ‘सरकारले घर जाने व्यवस्थापन गर्छ, सरकारले तोकेको सवारी साधनमा तोकेको मापदण्ड पुरा गरेर मात्रै घर जान पाइने बताइएको तर कसरी लैजाने भन्ने बारेमा बेलुकासम्म बिस्तृत निर्णय आउने बताइएको छ ।