विश्वका विभिन्न कम्पनीहरुले कर्मचारी कटौती गर्दै, नेपाली फकनु पर्दा के हेला हालत ?

२७ चैत, काठमाडौं । कोरोनाभाइरसका विश्व नै महामारीकाट चपेटामा परेपछि विश्वमा नै अर्थतन्त्र धरासायी बन्दै गएपछि विश्वका विभिन्न कम्पनीले ब्यापक कर्मचारी कटौती गरेको छन् । विश्वले कामदार कटौती गर्दै गए रोजगारका लागि विदेशीएका नेपालीको रोजगार गुम्ने खतरा पनि बढेर गएको छ । यदि रोजगार गुमाएर स्वदेश फर्किनु परे के होला भन्ने चासोको विषय बनेको छ ।
अहिले धेरैजसो देशले पर्यटन क्षेत्रका कामदार कटौती गरिरहेका छन् । ब्रिटिस एयरवेजले कम्पनीलाई संकटमा फस्न नदिन कर्मचारी कटौति गर्ने निर्णय पहिले नै गरेको छ । यता, फ्रान्सको ठूलो बैंक सोसाइटि जनरलले पनि विश्वभर रहेका आफ्ना कम्पनीबाट १ हजार ६ सय कामदार कटौती गर्ने निर्णय गरिसकेको छ । नेपालमा पनि विभिन्न उद्योगका मजदुरहरुको रोजगार प्रभावित छ । पर्यटन उद्योगका कर्मचारी सबैभन्दा बढी मारमा छन् ।
अन्तर्राष्टिय श्रम संगठन (आइएलओ) ले कोरोना भाइरसका कारण विश्वमा सवा एक अर्ब मानिसको रोजगार प्रभावित हुने जोखिम रहेको बताएको छ । यसमा धेरैले रोजगारी गुमाउने र केहीको तलबमा कटौती हुने भनिएको छ ।
आइएलओको प्रतिवेदनमा अहिले विश्वभर पूर्ण वा आंशिक रुपमा कोरोना भाइरसका कारण करिव २ अर्ब ७० करोड कामदार प्रभावित भइरहेको उल्लेख छ । यो समग्र जनशक्तिको ८१ प्रतिशत हो । अमेरिकामा ४३ प्रतिशतमा रोजगारको समस्या हुनसक्ने आइएलओको प्रतिवेदन छ ।

अहिले विश्व साझा समस्याबाट गुज्रिरहेको छ । मानव जातिकै दुश्मनका रुपमा देखा परेको कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा समस्या सृजना भइसकेको विभिन्न अध्ययनले देखाएको छ । विश्व नै यतिवेला लकडाउनको स्थितीमा छ जसले आर्थिक गतिविधि हुन पाएको छैन । कसैले आफ्ना कामदारलाई बेतलबी विदामा घर फर्काइसकेका छन् भने कसैले कर्मचारी कटौती गरेका छन् ।
कामदार धमाधम कटौती भइरहेकोला विदेशमा रहेका नेपाली कामदारको के होला भन्ने बहस शुरु भएको छ । वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाईका अनुसार श्रम स्वीकृति लिएर विदेशीएका कामदार ४० लाखको हाराहारीमा छन् । यदि संसारभर नै कामदार कटौतीको निशानामा पारी नेपाली कामदारलाई स्वदेश फर्काइए उनीहरुको व्यवस्थापनमा सरकारलाई सकस पर्ने देखिएको छ । रेमिट्यान्सले धानेको अर्थतन्त्रमा असर त पर्छ नै तर यस्तो अवस्थाले अवसर पनि सृजना गर्ने विज्ञले आँैल्याएका छन् ।
कृषि क्रान्तिद्वारा आन्तरिक अर्थतन्त्रको जग बसाउने अवसर
सरकारले कृषिबाट आर्थिक क्रान्ति गर्ने भनिरहेको बेला विदेशीएका नेपाली कामदार स्वदेश फर्किए उनीहरुलाई कृषिमा लगाउने अवसर सृजना हुने अर्थ्विद् प्रा.डा चन्द्रमणि अधिकारी बताउँछन् । वैदेशिक रोजगारमा रहेको धेरैजसो कामदार कृषिमा रहेकोले उनीहरुलाई आवश्यक प्रविधि र औजार दिएर परिचालन गरे कृषि क्रान्ति हुने उनको भनाइ छ ।
नेपालले रोजगारी दिन सक्ने क्षेत्र भनेको कृषि र पर्यटन हो । कोरोनाका कारण तत्काल पर्यटन क्षेत्रले काम दिन नसकेपनि कालान्तरमा यसैमा जनशक्ति परिचालन गर्न सकिन्छ ।

उनी भन्छन्, ‘उत्पादन, भण्डारण, संरक्षण र बजारीकरणको चक्रमा उनीहरुलाई प्रवेश गराउन सक्नुपर्छ यसका लागि तीनै तहका सरकार सक्रिय हुनुपर्छ । घरेलु तथा साना उद्योगमा लगानी बढाउनुपर्छ । सबै उत्पादन स्वदेशमा भयो भने आयात कम हुन थाल्छ जसले वैदेशिक मुद्राको आवश्यकता कम पर्छ र भुक्तानी सन्तुलनमा खासै असर गर्दैन ।
‘देशमै उत्पादन गर्ने क्षमता सृजना गर्ने अवसर पनि हो जसबाट आन्तरिक अर्थतन्त्रको जग बसाउन सकिन्छ,’ उनले भने ।
रेमिट्यान्स गुमेर गरीबी बढ्ने खतरा
वैदेशिक रोजगारीबाट फर्किए भने रेमिट्यान्समा आधारित अर्थतन्त्रमा यसले धक्का दिनेछ । । रेमिट्यान्स कम हुँदा वैदेशिक मुद्राको सञ्चितीमा चाप पर्छ । अर्थ्विद् अधिकारी अहिले १९ प्रतिशत परिवार वैदेशिक रोजगारीबाट आएको आम्दानीमा मात्रै निर्भर रहेको बताउँछन् ।
५६ प्रतिशत परिवारमा रेमिट्यान्स जाने र १९ प्रतिशत परिवार पूर्णरुपमा यसैमा मात्र निर्भर छन् । रेमिट्यान्स नआउने वित्तिकै त्यस्ता वर्गको दैनिकीमा सकस पर्छ र गरीबी बढाउँछ ।
अर्कोतर्फ वैदेशिक मुद्रा कम भएपछि सरकारको भुक्तानी सन्तुलन बिग्रन जान्छ । खाडी मुलुकमा मात्र ५० लाख रोजगारी गुम्न सक्छ भनिएको छ । त्यसमा नेपाली कति पर्लान् भोलिका दिनमा थाहा होला । भारतमै पनि समग्रमा २३ प्रतिशतले रोजगारी गुमाएका छन् । त्यसमा नेपाली पनि परेका छन् ।

एलिजा उप्रेती : रातोपाटीबाट सभार