खानेपानी तथा सरसफाइ मन्त्रालयका लागि ४३ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन

१५ जेठ, काठमाण्डौ । काठमाडौं । सरकारका अर्थमन्त्री बिष्णु पौडेलले प्रधानमन्त्री कार्यालय सिंहदरबरबाट आर्थिक वर्ष ०७८र०७९ को बजेट प्रस्तुत गर्दै सरकारले खानेपानी तथा सरसफाइ मन्त्रालयका लागि ४३ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यो रकम चालु आव हाराहारी नै रहेको छ । सरकारले चालु आर्थिक वर्षमा ४३ अर्ब १० करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।

यस बजेटमा मेचम्ची आयोजनामा खर्च हुने थप रकम समेत समावेश छ । सरकारले एक घर एक धारा कार्यक्रम चलाउने बताएको छ ।

पिउने पानीको निर्यात गर्न लगानी आकर्षित गर्ने नीति सरकारको छ । काठमाडौंमा पानी वितरण भइसकेको आवस्थमा सरकारले वितरणतर्फ खर्च गर्ने गरी यो बजेट विनियोजन गरेको छ ।

सरकारले मेलम्चीको दोस्रो परियोजना सुरु गर्ने घोषणा पनि गरेको छ ।