जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै गणतान्त्रिक संस्कार र संस्कृती निर्माण गर्न प्रतिगामी तत्व विरुद्धको एकतामा जोड

प्रचण्ड

१५ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले १४औ. गणतन्त्र दिवसको अवसरमा शुभकामना दिने क्रममा प्रतिगामी तत्व विरोधी सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरुवीच सुदृढ राष्ट्रिय एकता आवश्यक भएको बताएका छन् ।

प्रचण्डले नेपाली जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै गणतान्त्रिक संस्कार र संस्कृती निर्माण गर्न प्रतिगामी तत्व विरुद्धको एकतामा जोड दिएका हुन् ।

अध्यक्ष प्रचण्डले नेपाली जनताको ठूलो त्याग र वलिदानीबाट गणतन्त्र स्थापना भएको समेत उल्लेख गरेका छन् । अहिले गणतन्त्रका विरोधीहरुबाट यसका मूल्य र मान्यतामाथि निरन्तर प्रहार भइरहेको समेत उल्लेख गरेका छन् ।