वर्षासंगै आएको बाढीले बेनी–दरवाङ सडकमा यातायात अबरुद्ध

१५ वैशाख, बेनी । लगातारको बर्षापछि पहिरोले मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक र पश्चिम तर्फको बेनी–दरवाङ सडकमा यातायात अबरुद्ध भएको छ । बेनी–जोमसोम सडक अन्र्तगत रघुगंगा गाउँपालिकाको चमेरे, बैसर र अन्नपूर्ण
गापा, ३ दानाको गुईठे र रुप्से झरना नजिक पहिरो झरेपछि यातायात अबरुद्ध छ । साथै सदरमुकामबाट पश्चिम जाने बेनी–दरवाङ सडकको बेनी नगरपालिका, ४ तातोपानी फापरखेत र मालिका गाउँपालका, ५ थापाचौरमा पहिरोले सडक पुरेपछि यातायात अबरुद्ध भएको हो ।

कोरोना संमण लाई न्यूनीकरण गर्नका लागि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाले सडकमा त्यति सवारीसाधन नचले पनि पहिरोले यातायात अव हुँदा उपचारमा लैजाने बिरामी र खाद्ययन्न लगायतका अत्यआवश्यक ढुवानीमा समस्या आएको छ । यस्तै लगातार वर्षाका कारण कालीगण्डकी र म्याग्दी खोलाको जलसतह बढ्दा भुरुङतातोपानी नजिकको तटबन्ध र पश्चिम दरवाङ म्याग्दी खोलामा निर्माणधिन तटबन्धमा क्षति पुयाउँदा अन्धगल्छीस्थित तातोपानी बजार नदी कटानको जोखममा परेको छ ।

बाढीले बेनी–जोमसोम सडकको तातोपानी बजार संरक्षण आरसिसि पर्खालको तटबन्धमा क्षती पुर्याएको छ । त्यस्तै म्याग्दी खोलामा आएको बाढीले के कति क्षति पुर्याएको त्यस बारेमा भने एकिन विवरण आएको छैन ।