बजेट बारे छलफल गर्न मन्त्रीपरिषद् बैठक बस्दै

१५ जेठ, काठमाडौं । बजेट अध्यादेश सिफारिसका लागि मन्त्रिपरिषद बैठक बिहान ११ बजे बस्दैछ ।

मन्त्रिपरिषद बैठकले अध्यादेशका रुपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिश गर्नेछ । राष्ट्रपति स्वीकृति प्रदान गरेपछि अपराह्न चार बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्ने तयारी छ । पूर्ण आकारको बजेट ल्याउने सरकारको तयारी रहेको बुझिएको छ ।