१४ वैशाख, काठमाडौं । चीनले अनुदानमा दिने १० लाख डोज खोप लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज सोमबार बेइजिङ पठाउने तयारी शुरु गरिएको छ ।
नेपाल एयरलाइन्सका महाप्रवन्धक डिम प्रकाश पौडेका अनुसार वाइडबडी जहाज ए३३० जहाज सोमबार बेइजिङ पठाउने तयारी भईरहेको छ ।
राष्ट्रपति विद्यादेवि भण्डारी र चिनियाँ समकक्षीबीचको टेलिफोन वार्तापछि चीनले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिने भएको हो ।