बहस गर्ने अधिवक्ताहरुलाई १० मिनेटको टाइमकार्ड लागू

१४ जेठ, काठमाडौं । संसद विघटनविरुद्ध दायर रिटमा बहस आजबाट संर्वैधानिक इजलासमा सुरु भएको छ । रिटमा बसह गर्ने अधिवक्ताहरुलाई टाइमकार्ड लागू गरिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले रिट निवेदकलाई बहस गर्न १० मिनेटको समय तोकिदिएका हुन् । वरिष्ठ अधिवक्ताहरुको हकमा भने केही भनिएको छैन ।

अहिले रिट निवेदक सन्तोष भण्डारीले बहस गर्दैछन् ।

प्रधानन्यायाधीश जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन् ।