सुनको मूल्य घट्यो

१४ जेठ, काठमाडौं । सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताए ।

हिजो ९४ हजार दुई सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य आज ९३ हजार ८ सय रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

आजका लागि तेजावी सुनको प्रतितोल मूल्य ९३ हजार तीन सय रुपैयाँ तोकिएको छ । हिजो उक्त सुन ९३ हजार सात सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।

पछिल्लो तीन दिनदेखि चाँदीको मूल्य भने स्थिर छ । चाँदीको बजार खरिद बिक्री मूल्य प्रतितोला एक हजार तीन सय ५० रुपैयाँ छ ।