बानका अध्यक्ष चन्द्र न्यौपानेको कोरोना संक्रमणबाट मृत्यु

१४ जेठ, विराटनगर । रेडियो सञ्चालकहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल(बान) का अध्यक्ष चन्द्र न्यौपानेको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

विराट मेडिकल कलेजमा उपचाररत ५० वर्षीय न्यौपाने आज बिहान साढे ८ बजे मृत्यु हो ।

उनका अनुसार कोरोना सङ्क्रमणका कारण श्वासप्रश्वासमा समस्या भएपछि न्यौपानेलाई वैैशाख २८ गते बेलुका विराटमा भर्ना गरिएका थियो ।
न्यौपाने सप्तकोसी एफएमका स्टेशन म्यानेजर हुन् ।