काठमाडौँ उपत्यकामा २३६७ जनामा कोरोना संक्रमण पुष्टि

१३ जेठ,काठमाडौँ । काठमाडौँ जिल्लामा १७३८ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ३६४ तथा भक्तपुरमा २६५ जना संक्रमित थपिएका छन् ।

हिजो काठमाडौँ उपत्यकामा १४९३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताए । यसमध्ये काठमाडौँमा ११३९, ललितपुर २४१ र भक्तपुरमा ११३ जना संक्रमित थपिएका छन् ।