१३ जेठ, काठमाडौं । सर्वोच्वमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा प्रधानन्यायाधीशको एकल पूर्ण इजलासमा बोल्दै अधिवक्ता दिनेश त्रिपाठीले पुरानो फैसलाको पूर्णपाठ नआउँदै प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर अदालतको अपहेलना गरेको जिकिर गरेका छन् । उनले अवहेलनाको आरोपमा प्रधानमन्त्रीमाथि पुर्जी काटिनुपर्ने समेत माग गरे ।
उनले भने, ‘पुरानो फैसलाको पूर्णपाठ नआउँदै फेरि विघटन गरेर अदालतको अपहेलना प्रधानमन्त्रीबाट भयो । त्यसैले संसद् विघटन नभएको मानेर कामकारवाही सुरू गर्ने आदेश दिनुपर्छ ।
उनले विश्वासको मत गुमाइसकेको व्यक्ति कसरी फेरि प्रधानमन्त्रीमा सिफारिस हुन्छ भन्ने प्रश्न गर्दै पहिले प्रधानमन्त्रीको पद खाली नगरी त्यही पदमा रहेको व्यक्तिलाई सिफारिस गर्नु बदनियत भएको जिकिर गरे । यसले कानूनी मान्यता पाउन नसक्ने समेत उनको जिकिर थियो ।
‘विश्वासको मत गुमाइसकेको व्यक्ति कसरी फेरि प्रधानमन्त्रीमा सिफारिस हुन्छ ? पहिले प्रधानमन्त्रीको पद खाली
गर्नुपर्छ । पद खालि नगरी त्यही पदमा रहेको व्यक्तिलाई सिफारिस गर्नु बदनियत हो । यसले कानूनी मान्यता पाउन सक्दैन’, उनले बहसका क्रममा भने ।