सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो

१३ जेठ,काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकै दिन प्रतितोला ७०० रुपैयाँले वृद्धि हुँदै सुन अधिकतम ९४ हजार २०० रुपैयाँ पुगेको हो ।

यो मूल्य पछिल्ला केही महिना यताकै उच्च हो । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत अधिकतम ९३ हजार ७०० रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्य भने गत तीन दिन यता स्थिर रहँदै प्रतितोला एक हजार ३५० रुपैयाँ कायम रहेको सुनचाँदी महासंघले बताए ।