संसद विघटनसम्बन्धी सबै रिटलाई संवैधानिक इजलासबाट हुने

१३ जेठ, काठमाडौं । सर्वोच्च अदालतमा परेको संसद विघटनसम्बन्धी सबै रिटलाई संवैधानिक इजलासमा पठाएको छ ।

आज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो ।

संसद विघटनसम्बन्धी ११ वटा मुद्दा यसअघि नै संवैधानिक इजलासमा दर्ता भएका छन् । संसद विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा भोलि शुक्रबारका लागि पेशी तोकिएको छ ।