कोरोना संक्रमणबाट वडाध्यक्ष श्रीप्रसाद शिगूको मृत्यु

१३ जेठ, पाँचथर । हिलिहाङ गाउँपालिका–४ का वडाध्यक्ष श्रीप्रसाद शिगूको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

दुई सातादेखि झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत वडाध्यक्ष शिगूलाई आज बिहान चिकित्सकले मृत घोषित गरेको गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङदेनले पुष्टि गरे । शवको व्यवस्थापन झापामै गर्ने तयारी भइरहेको बताए ।

परिवारजन र झापा प्रशासनसँग समन्वय गरिरहेका छौँ’, अध्यक्ष लिङ्देनले भने, ‘झापामै शव व्यवस्थापन हुन्छ ।