कोरोना भाइरसका कारणले विश्वभरी महाकारी लिए पछि नेपाल पनि अछुतो रहन सकेन । त्यसैको नित्तेजका लागि सरकारले कोरोना महामारी रोकथाम, उपचार र व्यवस्थापनका सबै उपायहरू खोज्दै लकडाउन गरेको आज १७ दिन बितिसक्यो अझ सरकारले एकपछि अर्को रणीतिको निर्णय लिइरहेको बेला नेपालमा च्याउ उम्रैजस्तै फैलिएर गरिब, दिनदुखी, विपन्न, उपत्पिडित, असाहय, असक्त, निमुखा र अन्य समुदायका जनताको जीवनस्तर उकास्ने भनी काम गर्दै, भावाङ फुक्दै र डलरका डलर कुम्ल्याउदै आएका एनजिओ तथा आइएनजिओहरू कता कुन कोठारीमा लुकेका छन् ? कता कुन कागजको पन्नामा पट्टाइएका छन् तिनका जनतामुखी योजना कता कोचिएका छन र डलरका बिटा कुन बैंकका थन्काइएका छन् प्रश्न यही बेला भन्न मन लाग्यो ।
अघिपछि हामी नाफा मुलुक संस्था हौ, जनताका हरेक किसिमका समस्या सामाजिक क्षेत्रको माध्यमबाट विकासे काम गर्न आएका हौं, हामीलाई सघाउनुहोस् हामी तपाईहरुको जिवनस्तरमा कायापलट गरिदिन्छौं भनेर सामाजिक संस्थाको नामका अरबौं रकम झ्वाम पार्ने अनि जनताको नाममा डलर कुम्लाएर सयल गर्ने ति डलरे एनजिओ र आइएनजिओहरु र तिनका संचालकहरु कता पसेका छन् ? कता लुकेका छन् ? कता भुलेका छन् ? कता सुतेका
छन् ? तिमिहरुको चिल्ला कुरा र जनतामा पोखेका आश्वासनका बिटा कता थन्काइएका छन् । जनता भोक र त्रासले छट्पटाइरहेको अवस्थामा तिमिहरुका स्वर किन चुपचाप ? यस्तो महामारीको बेला कमसेकम दिन नखके पनि केही बोल्न त सकित्थ्यो ।
अघिपछि हामी नाफा मुलुक संस्था हौ, जनताका हरेक किसिमका समस्या सामाजिक क्षेत्रको माध्यमबाट विकासे काम गर्न आएका हौं, हामीलाई सघाउनुहोस् हामी तपाईहरुको जिवनस्तरमा कायापलट गरिदिन्छौं भनेर सामाजिक संस्थाको नामका अरबौं रकम झ्वाम पार्ने अनि जनताको नाममा डलर कुम्लाएर सयल गर्ने ति डलरे एनजिओ र आइएनजिओहरु र तिनका संचालकहरु कता पसेका छन् ? कता लुकेका
छन् ? कता भुलेका छन् ? कता सुतेका छन् ? तिमिहरुको चिल्ला कुरा र जनतामा पोखेका आश्वासनका बिटा कता थन्काइएका छन् । जनता भोक र त्रासले छट्पटाइरहेका अवस्थामा तिमिहरुका स्वर किन चुपचाप ? यस्तो महामारीको बेला कमसेकम दिन नखके पनि केही बोल्न त सकित्थ्यो । जनताको भोको पेटलाई एक छाक खान खुआउने हैसियमत थियो होला । बैंकका थन्काएर राखेको एनजिओ र आईएनजिओको डलर त थियो होला । आखिर तिमिहरुले आफ्नो खल्तीबाट त झिकेर दिने होइन होला । सामाजिक हैसियतमा आएकोे रकम सामाजिक कायम लगाउने यही बेला आएको थियो पनि होला । देशमा कुनै संकट वा विपद आउछ त्यही बेला गैररसरकारी क्षेत्रको भूमिका सहराहनीय हुनुपर्ने बेला कि न लुकेर बसेका छौं । अघि पछि त गैरसरकारी क्षेत्र तपाईहरुकै सहयोगी र सहजताको एक मात्र साथी हो भनेर दिनहुँ भन्ने ? आज किन तिनै संघसंस्था सरकारको सम्पर्कमै छैनन्, जनताको सहयोगीमा देखा परेका छैनन् ? अनि यस्तो बेलामा कानमा तेल हालेर चुप बसेका गैरसरकारी संस्थालाई सरकारले किन भन्न र परिचालन गर्न नसकेको होला सवाल बुझ गाह्रो नै भयो ।
नेपालका हरेकौ क्षेत्रमा अनेकौं गैरसरकारी संस्था टोलटोलमा साइनबोर्ड झुन्डाएर बसेका देखिन्छन् । अनि नेपालको कानुनले के भन्छ भने संस्था संस्था भन्नाले सामाजिक, धार्मिक, साहित्यिक, साँस्कृतिक, वैज्ञानिक, शैक्षिक, बौद्धिक, सैद्धान्तिक, शारीरिक, आर्थिक, व्यावसायिक तथा परोपकारी कार्यको विकास एवम् विस्तार गर्ने उद्देश्यले स्थापित संघसंस्थालाई जनाउँदछ । तर आज सरकारी नियमको यि गैरसरकारी संस्था भना उदाहरुले कुल्चदै आफुखुशी मनलाग्दो पाराले चलेको र कामकार्य गरेको पाइएको छ त्यो ज्वलन्त उदाहरण आजभोलिकै हो । कोरोना भाइरस कारणले लकडाउन भएको अवस्थामा प्रयाः जनतामा भोकै मर्ने हो की भनेर चपेटामा परिरहेका छन् तर सामाजिक संस्थाहरु गुमगाम भएर बसेका छन् । यस्तो बेला सामाजिक पारा नदेखाए पनि मानवियकता पारा देखाउन त सकिन्थ्यो होला ।
देशमा हाल हजारौंको संख्यामा गैरसरकारी संस्था छन् । जुन समाज कल्याण परिषदबाट चल्ने गरेका पनि छन् तर समाज कल्याण परिषद् पनि यस बिषयमा आजसम्म कुनै गैरसरकारी संस्थालाई कुनै निर्देशन दिएको र सर्कुलर जारी गरेको पाइएको छैन । यस्तो बेलामा आफु माताहतका गैरसरकारी संस्थालाई जनताको राहत र उद्धारको लागि यसो र उसो गर भनेर भन्नु पर्ने हो त्यो पनि हुन सकेको छैन । अनि गैरसरकारी संस्थालाई जनताको सामाजिक क्षेत्रबाट विकास गर भनेर रकम बाँड्ने आज तिनै जताको चपेटामा परेको बेला तिनै संस्था कुनामा लुकेर बस्ने यो कस्तो सामाजिक रबैया हो ।
देशमा हाल हजारौंको संख्यामा गैरसरकारी संस्था छन् । जुन समाज कल्याण परिषदबाट चल्ने गरेका पनि छन् तर समाज कल्याण परिषद् पनि यस बिषयमा आजसम्म कुनै गैरसरकारी संस्थालाई कुनै निर्देशन दिएको र सर्कुलर जारी गरेको पाइएको छैन । यस्तो बेलामा आफु माताहतका गैरसरकारी संस्थालाई जनताको राहत र उद्धारको लागि यसो र उसो गर भनेर भन्नु पर्ने हो त्यो पनि हुन सकेको छैन । अनि गैरसरकारी संस्थालाई जनताको सामाजिक क्षेत्रबाट विकास गर भनेर रकम बाँड्ने आज तिनै जताको चपेटामा परेको बेला तिनै संस्था कुनामा लुकेर बस्ने यो कस्तो सामाजिक रबैया हो ।
संयन्त्र र समन्वय प्रयोग गरी देश-विदेशबाट स्रोत-सामग्री जुटाउन सक्ने अवस्था अहिले छैन। यति बेला उनीहरू सबैका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यालय पनि बन्द छन्। संसारभरका धेरैजसो कर्मचारी घरबाटै काम गरिरहेका वा बिदामा छन्। सबै अन्तर्राष्ट्रिय दातृसंस्था आफ्नै देशको कोरोना महामारीसँग जुधिरहेका छन्। हवाइ तथा स्थल आवागमनका सबै बाटा बन्द भएको परिस्थितिमा उपकरण र सामग्री आयातका लागि कतिपय संस्थाले गर्न सक्ने योगदानका सम्भावना स्वभावैले संकुचित छन् । तर हाम्रो देशका गैरसरकारी संस्था जनताको रमिते भएर कुनै महलको कोठारीमा लुकेर बसेका छन् यो कस्तो सामाजिक रबैया हो महाशय !
भोलिका दिनमा फेरि पनि जनताको दैलोम तिमिहरुका सामाजिक कार्य लिएर आउने उद्देश्य र कार्ययोजना पनि होलान । त्यतातिर पनि ध्यान जाओस् । जनता अप्ठेरो परेको बेला कोठारीमा रमिते भएर बस्ने अनि व।तावरण सध्य भएपछि फेरि पनि आफ्नो दुहुनो भैसी को कार्ययोजना ल्याएर तिनै जनताको आँगनमा आउने ईच्छा प्रकट छ भने खबदार ! जनताले तिमिहरुको रबैया र चाल बुझिसकेका छन् । समय सधैं एकै
हुँदैन । आखिर विकशित संचारजगतको जनता हो । तिम्रो डलरको खेती बन्द हुने दिन आउँन सक्छन्, त्यसैले सक्छौं भने भोका, नाङ्गा जनताको पक्षमा राहत लिएर सडकमा आऊ, हैन भने भोलिका दिनमा सामाजिक संस्थालाई देशबाट नै लखेटने दिन नआउला भन्न सकिन्न ! चेतना गैरसरकारी संघसंस्थाहरुलाई ।
लेखक : पत्रकार , कदर मिडिया प्रा.लि. का अध्यक्ष हुनुहुन्छ ।