जर्नेल दिनेश केसीको कोरोना संक्रमणबाट निधन

१३ जेठ, काठमाडौं । कोरोना संक्रमित १३ नं बाहिनी जावलाखेलका जर्नेल दिनेश केसीको निधन भएको छ । एक साता अघि कोरोना संक्रमण पुष्टि भएर सैनिक अस्पताल छाउनीमा उपचाररत केसीको आज बिहान ज्यान गएको नेपाली सेनाले बताएको छ ।

केसीको निधनबारे नेपाली सेनाका पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सामाजिक सञ्जालमा प्रतिक्रिया दिंदै दुःख व्यक्त गरेका छन् । क्षेत्रीले केसीको निधनबाट नेपाली सेनाले एउटा अमूल्य सदस्य गुमाएको बताए ।