सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको कोरोना भाइरसको संक्रमणबाट निधन

१३ जेठ, धनगढी । कोरोना भाइरसको संक्रमणबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको
छ । मल्लको काठमाडौँमा उपचारका क्रममा निधन भएको उनका भतिजा रुपक मल्लले पुष्टि गरे ।

उहाँलाई एक हप्ता पहिले कोरोना संक्रमण देखिएको थियो । काठमाडौँमा उपचार गराइरहनु भएको थियो । हिजो राति ११ बजेतिर मृत्यु भयो । निमोनिया र मुटुसम्बन्धी समस्याले ग्रसित मल्लको आजै अन्त्येष्टि गरिने बताइएको छ ।