भोलि बिहान कांग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुढानिलकण्ठस्थित निवासमा पार्टी पदाधिकारी बैठक बोलाएका छन्।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले भोलि बिहान पदाधिकारी बैठक बस्ने बताए ।

पछिल्लो राजनीतिक घटनाक्रम तथा १४ औं महाधिवेशन तयारीबारे छलफल गर्न स्रोतले बतायो ।
संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार बन्ने अवस्था हुँदाहुँदै राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकोमा कांग्रेस लगाएत ५ दलहरूले विरोध गरेका छन् ।

यस विरोधमा विपक्षी गठबन्धनका १४६ सांसदले हिजो सर्वोच्चमा गएर रिट हालेका छन् ।