नेपाल बाल संगठन बाल मन्दिरका ४९ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि

११ जेठ, काठमाडौं । नक्साल र सिफल बाल मन्दिरका ४९ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल बाल संगठन अन्तर्गतका यी बाल मन्दिरमा आश्रित बालबालिकामा कोरोना संक्रमण देखिएको हो ।

५ वर्ष माथिका बालबालिकाहरु केहीमा सामान्य लक्षण देखिएपछि गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको बाल संगठनकी अध्यक्ष विद्या न्यौपानेले बताए् । उनका अनुसार नक्सालको संक्रमित बालबालिकालाई आइसोलेसनमा राखिसकिएको छ ।

यस्तै सिफलका बालबालिकालाई आज साँझसम्म आइसोलेसन सेन्टरमा राखिने र अपाङ्गता भएका बालबालिकालाई भने बागडोलमा रहेको अपाङ्गता आइसोलेसन केन्द्रमा राखिएको अध्यक्ष न्यौपानेले बताए ।

यस्तै कोरोना परीक्षण गर्दा नक्साल र सिफलमा कार्यररत १० जना कर्मचारीमा समेत कोरोना पोजिटिभ देखिएको छ । अहिलेसम्म सबैको अवस्था सामान्य रहेको बताए ।