सुनको मूल्यमा सामन्य गिरावट

११ जेठ,काठमाडौं ।आज नेपाली बजारमा सुनको मूल्यमा सामन्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा आज सुन प्रतितोला २०० रुपैयाँले घट्दै ९३ हजार ५०० रुपैयाँ कायम भएको हो ।

त्यस्तै आज तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य भने गत हिजोकै मूल्य कायम हुँदै प्रतितोला एक हजार ३५० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले बताए ।