बिपक्षी गठबन्धनका १४६ जना सांसद सर्वोच्चमा उपस्थित भएर रिट दायर

१० जेठ, काठमाण्डौ । प्रतिनिधिसभा बिघठन बिरुद्धमा विपक्षी गठबन्धनका सांसदहरुले संसद पुनस्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । एकमुष्ठ १४६ जना सांसद नै अदालतमा सरिक भएर रिट दायर गरेका छटन् ।

शुक्रबार मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । त्यसलाई असंवैधानिक भनेको विपक्षी गठबन्धनले धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा देउवाको दावी वैधानिक रहेको भन्दै दाबीमा समर्थन गरेका सांसदको हस्ताक्षरसहित रिट तयार पारेका छन् ।

बिपक्षी गठबन्धनका तर्फबाट रिटमा तीन माग :

१. संसद विघटन गर्न सिफारिस गर्ने मन्त्रिपरिषको निर्णय खारेज
२. संसद अधिवेशनको मिति तोक्नुपर्ने
३. संविधानको धारा ७६(५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश ।