नेतागण ! नअलमलिउँ, खुट्टा नकमाऔं, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं

नेता गगन थापा

८ जेठ, काठमाडौं । मध्यरातमा सरकारको सिफारिसमा राष्ट्पति बिद्यादेवी भण्डारीले संसद बिघठन गरी मध्यवधि चुनावको घोषणा गरेपछि त्यस बिरुद्धमा बोल्दै नेपाली काँग्रेसका नेता गगन थापाले आफ्नो प्रतिक्रिया दिने क्रममा उनले, सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरूङमा हालेको भन्दै महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिँ र यत्तिमै रोकिने वाला नभएको बताएका छन् ।

‘नेतागण ! नअलमलिउँ, खुट्टा नकमाऔं, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं’, आज बिहान सामाजिक सञ्जालमार्फत नेता थापाले भने, ‘खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो, न संसद ! विघटन, पुनर्थापित संसदको अपमान, विश्वासको मतको नाटक, ७६ (३) को सरकार गठन, विश्वास लिनुको सट्टा ७६ (५) को आव्हान, अनुकुल नभएपछि फेरि विघटन ! कस्तो सेटिङ ! प्रकृया त देखाउन मात्र थियो, यीनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो र लिए !’