केपी ओलीको यो कदमको भर्त्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु

वरिष्ठनेता, माधवकुमार नेपाल

८ जेठ, काठमाडौं । सरकारको सिफारिसमा राष्ट्पति बिद्यादेवी भण्डारीले मध्यरातमा संसद बिघठन गरेर मध्यवधि चुनावको घोषणा गरेपछि त्यस बारेमा सामाजिक संजाल ट्वीटबाट आफ्नो धारणा राख्ने क्रममा नेकपा एमालेका वरिष्ठनेता माधवकुमार नेपालले षड्यन्त्रकारीको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताएका छन् ।

नेता नेपालले प्रतिगमन दोहोरिएको टिप्पणी गरेका छन् । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल भएको टिप्पणी उनको छ ।

नेता नेपालले संसद् विघटन गरेर चुनावको घोषण गर्नु प्रतिगमन भाग–२ भएको पनि बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको यो कदमको भर्त्सना गर्दै यसको प्रतिवाद डटेर गर्न आह्वान गरेका छन् ।

‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ । प्रतिगमन दोहोरिएको छ । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमन भाग २ हो । केपी ओलीको यो कदमको भर्त्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु ।