राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालिलाग्दो द्वन्द्वमा नेता डा. शेखर कोइराला

नेता डा. शेखर कोइराला

८ जेठ, काठमाडौं । हिजो राती मध्यरातमा सरकारको सिफारिसमा राष्ट्पति बिद्यादेवी भण्डारीले संसद बिघठन गरी मध्यवधि चुनावको घोषणा गरेपछि त्यस बिरुद्धमा बोल्दै नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपतिको कदमले मुलुकलाई कहालीलाग्दो द्वन्द्वमा फसाएको आरोप लगाएका छन् । नेता कोइरालाले समाजिक संजाल ट्वीटरमाफृत् प्रतिक्रिया दिँदै संरक्षकबाटै मध्यरातमा संविधान च्यात्ने काम भएको आरोप लगाएका हुन् ।

आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर संविधानको संरक्षक राष्ट्रपतिबाट मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम
भयो ।’ उनले ट्वीटरमा लेखेका छन् ‘राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालिलाग्दो द्वन्द्वमा लगेको छ ।