९ बजे काँग्रेस पार्टी पदाधिकारीको बैठक बस्दै

७ जेठ, काठमाडौं । राष्ट्रपति बिद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठन गर्ने प्रयोजनका लागि समय दिएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज बिहान ९ बजे सभापति निवास बुढानीलकण्ठमा पार्टी पदाधिकारी बैठक बोलाएको छ ।
बैठकमा पूर्वपदाधिकारी तथा केही केन्द्रीय सदस्यहरूलाई पनि बोलाइएको छ ।

प्रधानमन्त्रीले विश्वासको मत नलिई÷राजीनामा नदिई संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकारको आह्वान राष्ट्रपतिबाट भएको हो। त्यसैले संविधानअनुसार राष्ट्रपति अगाडि नबढेकोमा कांग्रेसले विरोध गरेको छ ।

प्रधानमन्त्री ओली संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त भएका थिए। उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो तर विश्वासको मत आउने अवस्था नरहेको भन्दै अर्को उपधाराअनुसार नयाँ सरकार गठनका लागि आज साँझ ५ बजेसम्म राष्ट्रपतिले समय दिएकी छन् ।

राष्ट्रपति संविधानअनुसार अगाडि नबढेकोले महाअभियोग लगाउनुपर्ने आवाज कांग्रेसभित्र उठेको छ । नयाँ सरकार बनाउन र राष्ट्रपतिविरूद्ध महाअभियोग लगाउन कांग्रेस नेता गगन थापाले माग गरेका छन्।

साथै वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिबाटै संविधान मिच्ने काम भइरहेकोमा विरोध गरेका छन् ।

‘सामान्यतया नयाँँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिने प्रचलन थियो । तर एकाएक २४ घण्टाको पनि समय नदिइ सरकार गठनको आह्वान गर्नु भनेको संसदलाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भन्दा अरु केहि हुन
सक्दैन ।