बेलायतसँग एस्ट्राजेनेकाको खोप उपलब्ध गराइदिन प्रधानमन्त्रीको अनुरोध

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतसँग कोरोना खोप सहयोग मागेका छन् ।

आज बेलायती राजदूत निकोला पोलिटसँगको भेटमा उनले नेपाली नागरिका लागि एस्ट्राजेनेकाको खोप उपलब्ध गराइदिन अनुरोध गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध, कोभिड–१९ विरुद्धको लडाईंमा परस्पर सहयोगको आदानप्रदान बारेमा छलफल भएको थापाले जानकारी गराए ।