मुख्यमन्त्री त्रिलोचन भट्ट कोरोना संक्रमणमुक्त

६ जेठ, धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट संक्रमणमुक्त भएका छन् ।

हिजो सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मुख्यमन्त्रीको रिर्पोट नेगेटिभ आएको उनको निजी सचिवालयले बताएका छन् ।

भट्ट लाई वैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनी संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेर सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डाक्टर शेरबहादुर कमरको निगरानीमा उपचार गराइरहेका थिए ।