प्रधानमन्त्री ओलीले आचारसंहिता उल्लंघन गरेकाले कारबाही गर्न अध्यक्ष प्रचण्डद्धारा निर्वाचन आयोगलाई आग्रह

५ जेठ, काठमाडौं । निर्वाचन आयोगले बागमती प्रदेश अन्र्तगत राष्ट्रियसभा उपनिर्वाचनमा हिजो बेलुकाबाट निर्वाचन आचार संहिता लागू गरे पनि आज प्रधानमन्त्री ओलीले निर्वाचन आचार संहिता उल्लघन गर्दै गृहमन्त्री रामबहादुर थापा (बादल) को पक्षमा भोट माग्ने क्रममा विज्ञाप्ति जारी गरेपछि नेकपा माओवादी केन्द्र का अध्यक्ष प्रचण्डले, राष्ट्रियसभा उपनिर्वाचनमा प्रधानमन्त्री केपी शर्मा ओलीले आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाही गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीले मौन अवधिमा सार्वजनिक वक्तव्यमार्फत कुनै उम्मेदवारलाई विजयी गराउन मतदातालाई धम्की दिएको भन्दै कारबाहीका लागि निर्वाचन आयोगलाई आग्रह गरेका हुन् ।

प्रचण्डको सचिवालयले आज साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘प्रधानमन्त्रीको यस कार्यको निन्दा र भर्त्सना गर्दै आवश्यक कारबाहीका लागि निर्वाचन आयोग समक्ष आग्रह गर्दछु ।

प्रचण्डले सरकार प्रमुखले नै स्वतन्त्र, स्वच्छ र मर्यादित निर्वाचन गराउनुको सट्टा कुनै उम्मेदवारको पक्षमा अपिल गर्नु स्वच्छ र निष्पक्ष निर्वाचनको आधारभूत सिद्धान्त विपरीत भएको बताएका छन् ।

‘यो भन्दा पनि अझै गम्भीर त मौन अवधिमा सार्वजनिक वक्तव्य मार्फत अमूक उम्मेद्वारलाई विजयी गराउन आग्रह गर्दै मतदाताहरुलाई दिएको धम्कीले आचार संहिताको गम्भीर उलङ्घन भएको छ । यस्तो स्थितिमा हुने निर्वाचन स्वच्छ र निष्पक्ष हुने कसरी अपेक्षा गर्न सकिन्छ ? प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बुधबार प्रधानमन्त्री ओलीले धम्की पूर्ण भाषामा नेकपा एमालेका मतदातालाई आफ्नो पार्टीका उम्मेदवारलाई मत दिन र नदिए क्षम्य नहुने भनी विज्ञप्ति जारी गरेका थिए ।