एमाले विवाद मिलाउने गठित कार्यदल नै अलमलमा

४ जेठ, काठमाडौं । नेकपा पार्टी डिजलसंगै ब्यूतिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्रको विवादले विभाजनको अन्तिम अवस्थामा आएपछि विवाद मिलाउन गठित कार्यदलमा दुबै पक्षबाट ५५ जनाको टोली बनाइए पनि आज सम्म अलमलमा नै देखिन्छ । कार्यदलको औपचारिक बैठक नबसे पनि आन्तरिक परामर्श र गृहकार्य भइरहेको स्रोतको दावी छ ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफलबाट दुवैतर्फका पाँच÷पाँचजना गरी १० सदस्यीय कार्यदल बनेको थियो । कार्यदलले तीन दिनभित्र प्रतिवेदन तयार पार्ने भनिए पनि आज दुई दिनसम्म औपचारिक बैठक नै बस्न सकेको छैन ।

कार्यदल सदस्यहरुले हिजोबाटै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालसँग अनौपचारिक परामर्श भने भइरहेको बताएका छन् ।

दुवै नेताको सल्लाह र सुझावका आधारमा कार्यदलले आफ्नो काम अघि बढाउने उनीहरुको भनाइ छ । बैठक बस्न ढिला भएपछि कार्यदललाई प्रतिवेदन तयार पार्न समय लाग्ने भएकाले कार्यदलको समयसमेत लम्बिने बुझिएको छ ।

कार्यदलमा अध्यक्ष ओलीतर्फबाट नेम्वाङसहित नेताहरु विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन् । त्यस्तै नेता नेपालका तर्फबाट भीमबहादुर रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त सदस्य छन् ।

एमालेको आन्तरिक विवादमा नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनु पर्ने बटमलाइन बनाएको छ ।