सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना संक्रमण

३ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना संक्रमित भएपछि एक सातादेखि होम आइसोलेसनमा बसेकाछन् ।

प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको वैशाख २७ स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

उनको निजी सचिवालयले मुख्यमन्त्री भट्ट एक सातादेखि होम आइसोलेसनमा रहेको जनाएको छ ।

भट्टका स्वकीय सचिव शिवसिंह ओलीले कोरोना संक्रमित भएपछि मुख्यमन्त्रीले घरबाटै काम गरिरहेका बताए ।

भट्ट केही दिनदेखि अस्वस्थ थिए । उनमा खोकी, ज्वरोसहित लक्षण देखिएका छन् ।