पुनर्सरचनाको संकेत गर्दै प्रचण्ड द्धारा कार्यकर्तासंग सुझाव माग

३ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेकापा ( नेकपा) अदालतले बिघठन गरेर साविकै पार्टीमा रुपान्तरण गरेपछि आआफ्नो् संगठन बिस्तारमा लागेका दुबै पार्टी मध्य नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले पार्टी पुनर्सरचनाको संकेत गर्दै हिजो आइतबार आफ्नो फेसबुक पेजमार्फत् आगामी दिनमा पार्टीको राजनीतिक एव संगठनात्मक संरचनालाई समेत नयाँ ढंगले अघि बढाउने सोच बनाएको उल्लेख गरेका छन् ।

अध्यक्ष प्रचण्डले पार्टी कस्तो बनाउने भन्ने बारेमा इमेल मार्फत् सुझाव दिन आग्रह समेत गरेका छन् । प्रचण्डले फेसबुकमा लेखेका छन् ‘हाम्रो गौरवशाली पार्टी नेकपा (माओवादी केन्द्र) द्वारा आगामी दिनका लागि विचार, राजनीतिक, संगठनात्मक संरचना, घाइते अपा‘ग एवं शहिद परिवार लगायत नेता कार्यकताको आचरण अनि व्यवस्थापन र जिम्मेवारीको बारेमा नया‘ ढंगले अगाडी बढाउने सोच राखेकोले उचित राय सल्लाह सुझावको अपेक्षा गरिएको बताएका छन् ।

माओवादी केन्द्र कस्तो बनाउने ? भन्ने बारेमा सुझाव दिनको लागि [email protected] मा आफ्नो धारणा पठाउन सकिने प्रचण्डले जानकारी समेत उल्लेख गरेका छन् ।