संसदबाटै बजेट ल्याइने प्रधानमन्त्री ओलीको संकेत

२ जेठ, काठमाण्डौ । प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट बाहिरिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाटै बजेट ल्याउने संकेत दिएका
छन् । विषेश अधिवेशन अन्त्य गरेका प्रधानमन्त्री ओलीले ‘बजेट कसरी आउँछ’ भन्ने प्रश्नमा संसद् जिवितै रहेको प्रक्रिया दिएका
छन् ।

‘पार्लियमेन्ट जिउँदैछ ।’ ओली संविधानको धारा ७६ (३) अनुसार संसद्को ठूलो दलका हैसियतमा प्रधानमन्त्री बनेकाले कतिपयले अध्यादेशबाट बजेट ल्याइन सक्ने अनुमान गरिरहेका छन् । तर प्रधानमन्त्री ओलीले भने संसदबाटै बजेट ल्याइने संकेत दिएका छन् ।
यसका लागि संसदमा प्रधानमन्त्री ओलीले बहुमत जुटाउनुपर्ने हुन्छ । तर एमालेसँग संसदा १२१ सिट मात्रै छ ।